नेपालमा विदेशी पर्यटकको बसाइ लम्बियो, दैनिक खर्चमा सामान्य सुधार

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालमा विदेशी पर्यटकको बसाइ लम्बियो, दैनिक खर्चमा सामान्य सुधार

काठमाडौं । नेपाल आउने पर्यटकको बसाई र दैनिक खर्च गराइमा सामान्य सुधार देखिएको छ । २०२२ मा नेपाल आउने पर्यटकको दैनिक बसाई १३ दशमलव १ दिन रहेकोमा सन् २०२३ मा १३ दशमलव २ दिन पुगेको छ ।

 सन् २०२२ मा नेपाल आउने पर्यटकको दैनिक औसत खर्च ४० डलर रहेकोमा सन् २०२३ मा ४१ डलर पुगेको छ । २०२३ मा सड्क र हवाई मार्गबाट गरी १० लाख १४ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जुन सन् २०२२ को तुलनामा ६५ प्रतिशतले बढी हो । 

सन् २०२३ मा नेपाल भित्रिएका पर्यटकमा ५ लाख ६६ हजार पुरुष र ४ लाख ४७ हजार महिला छन् । नेपाल भित्रिएका पर्यटकमा १५ वर्ष मुनिका ६१ हजार ३ सय छन् । त्यस्तै १६ देखि ३० वर्ष सम्मका १ लाख ८९ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।  ३१ देखि ४५ वर्ष सम्मका ३ लाख १७ हजार छन् भन ४६ देखि ६० वर्षमा २ लाख ७२ हजार रहेको छन् । 

६० वर्ष माथिका नेपाल आउने पर्यटकको सङ्ख्या १६ हजार ९ सय छ । सन् २०२३ मा सबैभन्दा बढी भारतबाट आएका छन् भने दोस्रो अमेरिका र तेस्रोमा चीन रहेको छ । नेपाल आउने पर्यटकमा ६ लाख ३४ हजार बिदा मनाउन, १ लाख ३२  हजार तीर्थयात्रको लागि, १ लाख ५४ हजार पदमार्ग र पर्वतारोहणको लागि नेपाल आएका छन् । 

त्यस्तै ९३ हजार पर्यटक अन्य प्रयोजनको लागि नेपाल भित्रिएका हुन । सन् २०२३ मा सबै भन्दा बढी पर्यटक नेपाल एयरलाइन्सले बोकेको छ । दोस्रो कतार, तेस्रोमा हिमालयन एयर, चौथोमा इण्डिगो र पाँचौमा फ्लाई दुवै रहेका छन् । सन् २०२३ मा २ हजार २ सय ५३ टिमका ९ हजार ३ सय ९८ जनाले हिमाल आरोहणको अनुमति लिँदा १ अर्ब १ करोड राजस्व संकलन भएको छ । 

सन् २०२३ मा नेपाल घुम्न आएका पर्यटकमा ३ लाख पर्यटक राष्ट्रिय निकुञ्ज पुगेका छन् । भने १ लाख १८ हजार पशुपति क्षेत्र, ८५ हजार लुम्बिनी, ३ हजार मनास्लु पुगेका छन् । सन २०२३ मा पर्यटकबाट नेपालले ५४ करोड ८२ लाख अमेरिकी डलर आर्जन गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement