वसन्त ऋतुका लागि सगरमाथा आरोहणको नयाँ बाटो बन्यो

हिउँको अस्थिरताका कारण १० वर्षदेखिको रुट परिवर्तन, दोस्रो शिविर पनि खुल्यो
वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
वसन्त ऋतुका लागि सगरमाथा आरोहणको नयाँ बाटो बन्यो

काठमाडौं । सन् २०२४ को वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ ।

चैत १ गते पूजा गरेर रोप फिक्सिङ अर्थात् डोरी टाँग्ने काम सुरु भएको थियो । रोप फिक्सिङको काम सक्न गर्न यसपटक ३६ दिन लागेको पर्यटन विभागले जानकारी दिएको छ ।

रोप फिक्सिङ टोलीले सन् २०१४ भन्दा पहिलो प्रयोग हुने लोला पिक नजिकैबाट नयाँ बाटो बनाएको छ । सन् २०१४ देखि २३ सम्म प्रयोग गरेको बाटोको पहिलो शिविरमा हिउँ अस्थिर भएपछि नयाँ बाटो बनाइएको हो । बाटो बनेसँगै बुधबारदेखि दोस्रो शिविर पनि खुला गरिएको छ ।

सगरमाथा आरोहणका लागि अहिलेसम्म २७४ जनाले अनुमति लिइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement