भारतका प्रधानन्यायाधीश चन्द्रचूड नेपाल आउँदै

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतका प्रधानन्यायाधीश चन्द्रचूड नेपाल आउँदै

काठमाडौं । भारतका प्रधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचूड भोलि (शुक्रबार) नेपाल आउँदै हुनुहुन्छ ।

प्रधानन्यायाधी विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुन भारतका प्रधानन्यायाधीश चन्द्रचूड आउन लाग्नुभएको हो ।

अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठतम् न्यायाधीश आनन्दमोहन भट्टराईले उहाँको स्वागत गर्नुहुनेछ । किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठी शनिबार काठमाडौंमा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.