दसैँदेखि छठसम्म हुन्छ ८ खर्ब रुपैयाँको कारोबार

आश्विन १५, २०७९
दसैँदेखि छठसम्म हुन्छ ८ खर्ब रुपैयाँको कारोबार

यतिबेला दसैंका लागि लत्ताकपडा र मरमसला किन्नेदेखि खसीबोकाको जोहो गर्नसम्म सबैलाई भ्याइनभ्याइ छ । ऋण काढेरै भए पनि दसैं मनाउने चलन छ । त्यसो भए यो चाडपर्वमा नेपालीले कति खर्च गर्लान् ? यकिन तथ्यांक नभए पनि दसैं, तिहार र छठसम्म गरी झण्डै १७ खर्बसम्मको रकम चलायमान हुने गरेको छ । जसमध्ये ८ खर्ब हाराहारीको त आर्थिक कारोबार नै हुने गरेको छ ।

देशैभरका उपभोक्ता यतिखेर दसैंको किनमेलमा व्यस्त छन् । लत्ताकपडा तथा दसैंका मरमसला किन्नेको अहिले बजारमा भीड छ । सडकदेखि सपिङ मलसम्मकै व्यापारीलाई भ्याइनभ्याइ छ । त्यस्तै खाद्यान्न पसलमा पनि उपभोक्ताको चाप छ । 

खसीबोका र च्याङ्ग्रा बिक्रीका लागि राखिएका स्थानमा पनि उपभोक्ताले आफ्नो गच्छेअनुसारका चौपाया खरिद गरिरहेका छन् । खसीबोका, च्याङग्रा, राागा, बंगुरदेखि हाास कुखुराको खपत पनि दसैंमा निकै हुने गरेको छ । जसले गर्दा चाडपर्वको समयमा शहरदेखि गाउासम्मकै अर्थतन्त्र चलायमान हुने गरेको छ । यस समयमा हुने कुल नगद कारोबारमध्ये २ खर्बको आयात हुने गरेको छ । दसैं मनाउन हरेक वर्ष करिब १५ लाखदेखि १८ लाख यात्रुले काठमाडौं उपत्यका छाड्ने गरेको तथ्यांक छ । ठूलो संख्यामा सवारी उपत्यकाबाट बाहिरिने हुँदा पेट्रोलियम पदार्थको खपत पनि बढी हुने गरेको छ । ४८ खर्बको अर्थतन्त्रमा दसैं, तिहारदेखि छठसम्म ३० देखि ४० प्रतिशत खपत हुन्छ । चाडपर्वमा खपत बढ्ने भए पनि आन्तरिक उत्पादन नभएका कारण व्यापार घाटा बढदै गएको छ । 

नेपाल राष्ट्र बैंकले दसैंका लागि मात्रै १२ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट सटही गरेको छ । नेपाली अर्थतन्त्र उपभोगमा आधारित छ । केन्द्रीय तथ्यांक विभागका अनुसार गत आर्थिक वर्षमात्र २३ खर्ब रुपैयाा उपभोगमा खर्च भएको थियो । यो आर्थिक वर्षको पहिलो महिना ७ प्रतिशतले मूल्यवृद्धि भएकाले यसवर्ष उपभोगमा २४ खर्ब खपत हुने देखिन्छ । यस वर्ष डलरसागै समग्र वस्तु तथा सेवाको मूल्य वृद्धि भएकाले गत वर्षकै जति वस्तु तथा सेवा प्राप्त गर्न अतिरिक्त ८ देखि १० प्रतिशत रकम खर्च गर्नु पर्ने भएको छ । 

 


Enter Kantipur TV HD
Advertisement