इलाम-२ : कांग्रेसका डम्बर, एमालेका सुहाङ र रास्वपाका उम्मेदवार मिलनले गर्नुभयो मतदान

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम-२ : कांग्रेसका डम्बर, एमालेका सुहाङ र रास्वपाका उम्मेदवार मिलनले गर्नुभयो मतदान

काठमाडौं । इलाम-२ मा भइरहेको प्रतिनिधसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मतदान गर्नुभएको छ ।

कांग्रेसका उम्मेदवार डम्बर खड्का र एमालेका उम्मेदवार नेम्वाङले इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । यस्तै रास्वपाका उम्मेदवार लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आ.वि. मा रहेको मतदान स्थलमा पुगेर मतादन गर्नुभएको छ ।

इलाम-२ मा ४२ वटा वडामा मतदान हुँदैछ । जसमा ७९ वटा मतदान स्थल, १ सय ४९ वटा मतदान केन्द्र रहेका छन् । इलाम-२ मा १९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.