निजी क्षेत्रलाई विश्वासमा लिएर देशको समृद्धितर्फको यात्रा तय गरिनेछ : प्रधानमन्त्री दाहाल

वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
निजी क्षेत्रलाई विश्वासमा लिएर देशको समृद्धितर्फको यात्रा तय गरिनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर देशको समृद्धितर्फको यात्रा तय गरिने बताउनुभएको छ ।

राष्ट्रिय विकास परिषद्को आज काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर आन्तरिक उत्पादन र रोजगारी बढाउने नीति सरकारले लिएको बताउनुभएको हो । 

आन्तरिक र बाह्य लगानी भित्र्याउन सरकारले कानुन संशोधन गरी निजी क्षेत्रको विश्वास लिन लागेको उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले युवाशक्तिलाई देश विकासमा अधिकतम परिचालन गर्ने नसके देशले समृद्धि हासिल गर्न नसक्ने भएकाले राज्यले लिने नीति र १६ औँ योजना पनि त्यसैमा केन्द्रित रहेको जानकारी दिनुभयो ।

१६ औँ योजनालाई अन्तिम रुप दिन बसेको राष्ट्रिय विकास परिषद्को बैठकमा विभिन्न राजनीतिक दलका नेता, अर्थशास्त्री तथा सरोकारवालाहरूले राजनीतिक र प्रशासनिक अस्थिरताका कारण देशले अपेक्षाअनुसार प्रगति हासिल गर्न नसकेको बताए । 

आउँदो आर्थिक वर्षबाट कार्यान्वयनमा आउने १६ औँ योजनलाई अन्तिम रूप दिन राष्ट्रिय विकास परिषद्को बैठक दिनभर जारी रहने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement