काठमाडौं । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले पुनरावलोकन गर्ने काम बाँकी रहेकाले अमिरको भ्रमणमा कतारसँग श्रम सम्झौता हुन नसकेको बताउनुभएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उहाँले नेपाल र कतारबीचको श्रम सम्झौतामा घरेलु कामदारको विषय प्रवेश भएकाले नयाँ सम्झौता हुन नसकेको बताउनुभयो ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको सेवा विस्तारका लागि प्रयास गरिने पनि जानकारी दिनुभयो ।