काठमाडौं । ब्राजिलको दक्षिणी सहर पोर्टो एलेग्रेको एक गेस्टहाउसमा शुक्रबार आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । आगलागीमा परी कम्तिमा ११ जना घाइते भएको रियो ग्रान्डे डो सुल राज्यको दमकल विभागले जनाएको छ । आगो नियन्त्रणमा लिन दमकल विभागलाई दुई घण्टा लागेको बताइएको छ ।
आगलागी बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताइएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीका विषयमा कुनै पूर्व तयारी नरहेको कारण आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उक्त गेस्टहाउस अनाधिकृत रूपमा सञ्चालन भइरहेको पनि प्रहरीले जनाएको छ ।