वेस्ट इन्डिज 'ए'ले दियो नेपाललाई २०५ रनको लक्ष्य

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
वेस्ट इन्डिज 'ए'ले दियो नेपाललाई २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज 'ए'ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ । नेपाल र वेस्ट इन्डिज 'ए' बीचको ५ खेलको टी-ट्वेन्टी सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले 'ए' निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ बनाएको हो ।

वेस्ट इन्डिज 'ए' का लागि रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए । ४६ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे । यस्तै एलिक एथान्जेले ४७ र केइसी कार्टीले ३८ रन बनाए । नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान १-१ विकेट लिए ।

घरेलु टोली नेपाल र वेस्टइन्डिजको 'ए' बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको आज पहिलो खेल हो । रोहित पौडेको कप्तानीमा रहेको नेपाली टिमममा हिजो मात्र ४ खेलाडी थप गरिएका थिए । टिममा कमलसिंह ऐरी, सागर ढकाल, विनोद भण्डारी र लोकश बम थप गरिएका हुन् ।

आईसीसीले १ महिनापछि सुरु हुने टी-ट्वेन्टी विश्वकपमा सहभागी हुने सबै टोलीलाई मे १ सम्म अन्तिम टोली घोषणा गर्दै नामावली पेस गर्न निर्देशन दिएको छ । त्यसैकारण सिरिजका सुरुवाती २ खेलको प्रदर्शन दुबै टिमका खेलाडीहरुका लागी निकै महत्वपूर्ण हुनेछ ।

वेस्ट इन्डिजको 'ए' हालसम्म नेपाल भ्रमणमा आएको सबैभन्दा बलियो टोली हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.