स्पेन फुटबल महासंघका पूर्व प्रमुख रुबियालेसविरुद्ध यौन दुर्व्यवहारको मुद्दा चल्ने

वैशाख २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्पेन फुटबल महासंघका पूर्व प्रमुख रुबियालेसविरुद्ध यौन दुर्व्यवहारको मुद्दा चल्ने

काठमाडौं । स्पेन फुटबल महासंघका पूर्व प्रमुख लुइस रुबियालेसविरुद्ध यौन दुर्व्यवहार र जबरजस्तीको मुद्दा चल्ने भएको छ । राष्ट्रिय टोलीकी खेलाडी जेनी हर्मोसोलाई गरेको अवाञ्छित चुम्बनका लागि स्पेनको एक उच्च अदालतले रुबियालेसविरुद्ध मुद्दा चलाउने भएको हो ।

रुबियालेस बाहेक उच्च अदालतले महिला राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जर्ज विल्डा, टोलीका वर्तमान खेल निर्देशक अल्बर्ट लुक र महासंघका मार्केटिङ प्रमुख रुबेन रिभेरालाई पनि मुद्दा चलाउने बताएको छ । तीनै जनाले हर्मोसोलाई जबरजस्ती चुम्बन गरेको आरोप लगाएको छ ।

गत अगस्ट २० मा सिड्नीमा भएको महिला विश्वकपमा स्पेनले इंग्ल्यान्डलाई १-० ले पराजित गर्दै च्याम्पियन बनेपछि अवार्ड समारोहमा ४६ वर्षिया रुबियालेसले हर्मोसोलाई समातेर ओठमा चुम्बन गरेका थिए । त्यसपछि विश्वव्यापी हेडलाइन बनेको यो काण्ड स्पेनमा यौनवादको बारेमा राष्ट्रिय बहसको कारण समेत बनेको थियो ।

हर्मोसो र उनको टोलीका साथीहरूले चुम्बन अवाञ्छित र अपमानजनक भएको बताएका थिए । तर, रुबियाल्सलेयसले आपसी सहमतिमा भएको र आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन् ।

अदालतले रुबियाल्सलाई यौन दुर्व्यवहारको आरोपमा ६५ हजार युरो जरिवाना समेत लगाएको छ । साथै रुबियालेससहित विल्डा, लुके र रिवेरालाई पनि जबरजस्ती गरेको आरोपमा थप ६५ हजार युरो जरिवाना गरिएको छ । रुबियाल्सविरुद्धको यौन दुर्व्यवहार र जवरजस्तीको आरोप पुष्टि भए उनलाई क्रमश १ बर्ष र १८ महिनाको जेल सजाय हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.