जापानकी नाओमी इटालियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

वैशाख २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
जापानकी नाओमी इटालियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

काठमाडौं । जापानकी नाओमी ओसाका इटालियन ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छन् । ओसाकाले क्लारा बुरेललाई हराउँदै दोस्रो चरणमा स्थान बनाएकी हुन् ।

प्रतिस्पर्धात्मक पहिलो सेट ७-६ ले आफ्नो पक्षमा पारेकी चार पटककी ग्राण्ड स्लाम च्याम्पियन ओसाकाले दोस्रो सेटमा भने ६-१ को सहज जित हात पारिन् ।

फ्रान्सकी बुरेललाई पराजित गर्न ओसाकाले डेढ घण्टाभन्दा कम समय लगाइन् । ओसाकाले दोस्रो चरणमा युक्रेनकी मार्टा कोस्ट्युकसँग खेल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.