बुटवलमा प्रतिबन्धित औषधि बेच्ने फार्मेसी सञ्चालक पक्राउ

वैशाख २७, २०८१ |अमृता अनमोल
बुटवलमा प्रतिबन्धित औषधि बेच्ने फार्मेसी सञ्चालक पक्राउ

बुटवल । बुटवल प्रहरीले प्रतिबन्धित औषधि मिलाएर लागुऔषधका रूपमा बेचबिखन गरेको आरोपमा एक फार्मेसी व्यवसायीलाई पक्राउ गरेको छ । बुटवल-११ कालिका पथको बैदवार फार्मेसीका सञ्चालक कमलबहादुर बिकलाई प्रहरीले आज पक्राउ गरेको हो । उनीमाथि फार्मेसीबाट डाक्टरको सिफारिसबिना औषधी बिक्री वितरण गर्ने गरेको र नेपालमा प्रतिबन्धित विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको अभियोग छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले चिकित्सकको सिफारिस बिना बेच्न नपाइने पेट दुख्दा खाने औषधि डाइसाकोमिन र प्रिगावलेन नामका दुई औषधि मिलाएर लागुऔषध प्रयोगकर्तालाई बिक्री गरेको भन्ने उजुरीका आधारमा बिकलाई पक्राउ गरेको बताउनुभयो । प्रहरीले बिकसहित केही लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।