काठमाडौं । कडा सुरक्षाकाबिच ओलम्पिक टर्च फ्रान्स पुर्याइएको छ । २७ अप्रिलमा ग्रीक सहर पिरियसबाट प्रस्थान गरेको ओलम्पिक टर्च १२ दिनको यात्रापछि दक्षिणी फ्रान्सको बन्दरगाह सहर मार्सेमा आइपुगेको हो ।
यो टर्च फ्रान्सका लागि २०१२ ओलम्पिकमा पुरुष ५० मिटर फ्रिस्टाइल पौडीका च्याम्पियन फ्लोरेन्ट मनाउडोले ल्याएका थिए । मनाउडोले टर्च पाराओलम्पिक एथ्लीट नान्तेनिन केइटालाई हस्तान्तरण गरेका थिए । जसले सन् २०१६ मा रियो खेलकुदमा ४ सय मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।
ओलम्पिक टर्चलाई स्वागत गर्न १ लाख ५० हजार मानिस उपस्थित थिए । यस ओलम्पिकले फ्रान्सको वैभव देखाउने र आफ्नो विरासतलाई जलाउने त्यहाँका राष्ट्रपति इमानुएल म्याक्रोनको विश्वास छ । समर ओलम्पिक २०२४ जुलाई २६ देखि अगस्ट ११ सम्म पेरिसमा आयोजना हुनेछ ।