बेचु लुंगेलीलाई श्रम मन्त्रालयको जिम्मा

वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
बेचु लुंगेलीलाई श्रम मन्त्रालयको जिम्मा

जनकपुर । मधेश प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट विनाविभागीय मन्त्री बन्नुभएकी बेची लुंगेलीको आज जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

गत वैशाख ६ गते विनाविभागीय मन्त्रीको शपथ लिनुभएकी लुंगेलीले आज श्रम तथा यातायात मन्त्रालयको पदभार ग्रहण गर्नुभयो । पदबहालीपछि उहाँले भिडभाड हुने यातायात कार्यालयमा प्रतीक्षालय, पिउने पानी तथा टोकन प्रणालीबाट सेवा प्रवाह गर्ने प्रतिक्रिया दिनुभयो ।

माओवादी केन्द्रबाट विनाविभागीय मन्त्री रहेका भरतप्रसाद साहले भने अर्थ मन्त्रालय लिने अडानमा रहेकाले अझै जिम्मेवारी तोकिएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.