ब्राजिल बाढी-पहिरो अपडेट : मृत्यु हुनेको संख्या ५७ पुग्यो, ६७ जना बेपत्ता

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
ब्राजिल बाढी-पहिरो अपडेट : मृत्यु हुनेको संख्या ५७ पुग्यो, ६७ जना बेपत्ता

काठमाडौं । ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा लगातारको भीषण वर्षाबाट आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ६७ जना बेपत्ता भएका छन् ।

लगातारको वर्षाका कारण त्यहाँका करिब ४ सय ७९ सहरमा क्षति पुग्नुका साथै सम्पूर्ण क्षेत्र डुबानमा परेको छ । उक्त क्षेत्रमा बसोबास गर्ने करिब ३२ हजार मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् । निरन्तरको वर्षाले विपत्ति निम्त्याएपछि राज्य सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ ।

 वर्षाले उक्त राज्यको जलविद्युत् पावर प्लान्टमा क्षति पुर्‍याएसँगै त्यहाँ रहेका करिब तीन लाख मानिस अन्धकारमा बस्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त जलविद्युत् पावर प्लान्टको बाँध भत्किँदा नदीको पानी सहरभित्र पसेको बताइएको छ । त्यस्तै सोही क्षेत्रमा रहेको अन्य पावर प्लान्टकमा ड्याम पनि भत्किन सक्ने भन्दै सचेत हुने आग्रह गरिएको छ । उक्त कारण त्यहाँ सम्पूर्ण इन्टरनेट, पुल, सडकलगायत अन्य पूर्वाधारहरु ध्वस्त भएको बताइएको छ । त्यहाँका मौसम विभागले उक्त क्षेत्रमा वर्षाको सम्भावना अझै रहेको भन्दै नागरिकलाई सचेत हुन आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.