भक्तपुरमा प्लाई उद्योगमा आगलागी हुँदा करिब २ करोडको क्षति

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
भक्तपुरमा प्लाई उद्योगमा आगलागी हुँदा करिब २ करोडको क्षति

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका २ स्थित दुवाकोटमा सञ्चालित प्लाई उद्योगमा आगलागी भएको छ । भक्तपुरको दुवाकोटमा रहेको ज्योति प्लाई उद्योगमा विद्युतसर्ट भएर आगलागी भएको सञ्चालक सन्तोषमान श्रेष्ठले बताउनुभयो ।

आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने आध दर्जन मेसिनहरु र एउटा गाडी जलेर नस्ट भएको छ । गएराति साडे ११ वजे देखि लागेको आगलागी बिहान करिब ८ बजे नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणमा लिन भक्तपुर, काठमाडौं, ललितपुरका साथै धुलिखेल नगरपालिकाको दमकल र स्थानीय ट्यांकर व्यवसायीको सहयोगले आगलागी नियन्त्रणमा आएको वडाध्यक्ष सोम प्रधानले जानकारी दिनुभयो ।

अगलागीकावाट करिब दुई करोड रुपैयाँको क्षति भएको व्यवसायी श्रेष्ठले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने अनुसन्धानपछि आउने प्रहरीको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.