भारतमा निर्वाचन अवलोकन गर्न ७५ अन्तर्राष्ट्रिय प्रतिनिधि आमन्त्रित

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतमा निर्वाचन अवलोकन गर्न ७५ अन्तर्राष्ट्रिय प्रतिनिधि आमन्त्रित

काठमाडौं । विश्वको ठुलो निर्वाचनको अवलोकन गर्न भारतीय निर्वाचन आयोगले २३ देशका निर्वाचन व्यवस्थापन निकाय (ईएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय प्रतिनिधि आमन्त्रित गरेको छ ।

आयोगका अनुसार प्रतिनिधिहरुले भुटान, मंगोलिया, अष्ट्रेलिया, माडागास्कर, फिजी, किर्गिज रिपब्लिक, रुस, मोल्डोभा, ट्युनिसिया, सेशेल्स, कम्बोडिया, नेपाल, फिलिपिन्स, श्रीलंका, जिम्बावे, बंगलादेश, कजाकिस्तान, जर्जिया, चिली, उज्वेकिस्तान, माल्दिभ्स, पपुवा न्युगिनी र नामिबियाको प्रतिनिधित्व गर्नेछ । साथै अन्तर्राष्ट्रिय फाउन्डेसन फर इलेक्ट्रोल सिस्टमका सदस्यहरू, भुटान र इजरायलका मिडिया टोलीहरू पनि सहभागी हुने जनाइएको छ ।

आयोगले उच्च मापदण्डको आम चुनाव गराउने आफ्नो प्रतिबद्धताको उदाहरण दिने र ईएमबीएसलाई लोकतान्त्रिक उत्कृष्टताको प्रत्येक्ष साक्षीका लागि सुनौलो पुल प्रदान गर्ने जनाएको छ । हिजोबाट सुरु भएको कार्यक्रमले विदेशी ईएमबीएसलाई भारतको निर्वाचन प्रणालीका सुक्ष्मताका साथै विश्वको ठुलो लोकतान्त्रिक मुलुक भारतले प्रयोग गर्ने उत्कृष्ट अभ्यासहरु बारे परिचित गराउन खोजेको निर्वाचन आयोगको भनाइ छ ।

सहभागीको मात्रा र परिणामको हिसाबले यो अभ्यास पहिलो भएको निर्वाचन आयोगले जनाएको छ । उनीहरुले विभिन्न निर्वाचन क्षेत्रको निर्वाचन र तयारीको अवलोकन गर्नेछन् । कार्यक्रम मे ९ मा समापन हुने बताइएको छ । भारतमा २८ अप्रितलबाट सुरु भएको निर्वाचन दुई चरण पार गरेर तेस्रो चरणको तयारी थालेको छ । मे ७ मा तेस्रो चरणको चुनाव हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.