इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा

काठमाडौं । इलाम क्षेत्र नम्बर २ र बझाङमा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रहरीले आफ्नो सुरक्षा तयारी पूरा गरेको छ ।

इलाम क्षेत्र नम्बरमा २ मा १३ सय ६३ र बझाङमा १ हजार २४ जना प्रहरी परिचालन हुनेछन् । प्रहरी प्रधान कार्यालयले इलाममा धार्मिक हिंसा हुन सक्ने सुरक्षा विश्लेषण गर्दै सुरक्षा व्यवस्थापनका लागि योजना तयार पारेको जनाएको छ ।

त्यस्तै बझाङमा पनि भौगोलिक विकटता अनुसारको रणनीति बनाइएको प्रहरीको भनाइ छ । इलामका १९ मतदान स्थल र ३७ मतदान केन्द्रलाई अति संवेदनशील मानेको प्रहरीले बझाङका ९३ मध्ये ३२ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ । निर्वाचनमा हिंसात्मक गतिविधि गर्न खोज्नेहरूमाथि बल प्रयोग गर्ने गरी योजना बनाइएको प्रहरीको भनाइ छ ।

यता राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.