ललितपुर । ललितपुर महानगरपालिका-१७ स्थित इमाडोलमा आज एउटा टहरोमा आगलागी हुँदा पाँच जना घाइते भएका छन् ।
पुरानो मोबिल संकलन गरेर राखिएको टहरोमा आगो लाग्दा त्यहाँका ५ जना घाइते भएको ललितपुर प्रहरीले जनाएको छ । घाइतेहरुको धापाखेलस्थित अस्पतालमा उपचार भैरहेको छ ।
बिहान लागेको आगो पाँचवटा दमकल र सुरक्षाकर्मी समेतको सहयोगमा मध्यान्हतिर नियन्त्रणमा आएको थियो ।