महालेखापरीक्षकमा तोयम रायाको नाम अनुमोदन

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
महालेखापरीक्षकमा तोयम रायाको नाम अनुमोदन

काठमाडौं । महालेखापरीक्षकमा तोयम रायाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले रायालाई महालेखापरीक्षकमा अनुमोदन गरेको सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।

बैठकमा उपस्थित रायाले समितिसमक्ष पेस गरेको १५ पृष्ठको कार्ययोजनामा महालेखा परीक्षक कार्यालयको संगठन पुनर्संरचना गर्नुपर्ने बेला आइसकेको जनाएका थिए । संघीय शासन प्रणाली मुलुकमा कार्यान्वयनमा आइसके पनि महालेखा परीक्षकको संगठन संरचना भने केन्द्रीकृत नै रहेको भन्दै उनले पुनर्संरचनाको आवश्यकता रहेको बताए ।

रायाले प्रदेशमा महालेखा परीक्षक कार्यालय खोल्नुपर्नेसमेत धारणा राखेका छन् । उनले लेखापरीक्षणका मापदण्ड तथा लेखापरीक्षणका नीतिहरूलाई संघीयताअनुकूल निरन्तर रूपमा सुधार गर्दै लगिने जनाए ।

राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायालाई गत चैत १८ गते बसेको संवैधानिक परिषद् बैठकले महालेखापरीक्षकमा सिफारिस गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement