भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालंखाबाट मैयुटार जाँदै गरेको जिप दुर्घटना भएको छ । आमचोकको बालांखा बजारदेखि मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको जिप दुधकोशी नदीमा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्ष सुदिपराज पाठकले जानकारी दिनुभयो ।
घाइतेहरुलाई उपचारको लागि पानीबोटबाट धरान लगिएको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित ९ जना सवार थिए । घाइतेहरुको पहिचान खुल्न सकेको छैन ।