उच्च अदालतद्वारा गौशाला २६ को जन्मदर्ता प्रतिलिपिको सक्कल माग

वैशाख ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
उच्च अदालतद्वारा गौशाला २६ को जन्मदर्ता प्रतिलिपिको सक्कल माग

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कारमा परेकी गौशाला २६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले दिएका निवेदनको सक्कल प्रति माग गरेको छ ।

न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले यस्तो आदेश दिएको हो । सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा आजदेखि उच्च अदालत पाटनमा सुनुवाइ सुरु भएको हो । गौशाला २६ को बलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीपलाई अधिकतम सजाय माग गर्दै उच्च सरकारी वकिलको कार्यालय र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दीपले दिएको पुनरावेदन मुद्दामा उच्च अदालतमा आजदेखि सुनुवाइ सुरु भएको हो ।

निलम्बिन न्यायाधीशद्वारा जिल्ला अदालतमा आत्मसमर्पण

यसैबीच, वैवाहिक जबरजस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीले काठमाडौं जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । सर्वोच्च अदालतले चैत २१ गते वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा राख्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि न्यायाधीश गिरीले आत्मसमर्पण गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement