विराटनगर भन्सार कार्यालयले लक्ष्यअनुसार राजश्व उठाउनै सकेन

आश्विन १३, २०७९
विराटनगर भन्सार कार्यालयले लक्ष्यअनुसार राजश्व उठाउनै सकेन

विराटनगर भन्सार कार्यालयले लक्ष्य अनुसार राजश्व असुली गर्न सकेको छैन् । विदेशी मुद्राको सञ्चिती घटेपछि सरकारले वस्तु आयातमा गरेको कडाईका कारण राजश्व सङ्कलन घटेको भन्सार कर्मचारीको दाबी छ । तर भन्सारबाटै चुहावट भएका कारण राजश्व सङ्ककलनमा कमी आएको प्रहरीको आरोप छ ।

विराटनगर भन्सार कार्यालयले भदौ महिनामा तीन अर्ब नौ करोड ९२ लाख एक हजार रूपैयाा राजश्व असुली गरेको छ । जुन लक्ष्यको ६५ प्रतिशत मात्र हो । बिगत चार वर्षदेखि भन्सारले लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न सकेको छैन् । आर्थिक वर्ष २०७८/७९ मा ४९ अर्ब ६५ करोड ९५ लाख चार हजार रूपैयाा लक्ष्य राखेकोमा ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार रूपैयाा मात्र राजश्व असुलेको थियो । जुन लक्ष्यको ८१ दशमलव ४१ प्रतिशत मात्र हो । आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यको ८८ दशमलव चार पााच प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा लक्ष्यको ५८ दशमलव चार दुई प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा लक्ष्यको ९० दशमलव शून्य तीन प्रतिशत मात्र राजश्व सङ्कलन भएको थियो । समग्र वर्ष दिनमा राजश्व घटे पनि दशैं अघिका दुई महिना भने राजश्व बढी उठ्ने गरेको थियो । तर चालु आर्थिक वर्षको साउन र भदौ महिनामा भने बिगतको तुलनामा राजश्व असुली घटेको छ । सरकारले विभिन्न वस्तु आयातमा गरिएको कडाईका कारण राजश्व असुलीमा कमी आएको उद्योगी व्यवसायी र भन्सार अधिकारीको भनाई छ । 

भन्सारबाटै राजश्व चुहावट भएका कारण पनि लक्ष्य अनुसार भन्सार राजश्व सङ्ककलन हुन नसकेको प्रहरीको तर्क छ । प्रहरीले साउन र भदौमा नौ करोड ६८ लाख २५ हजार छ सय ८६ रूपैयाा बराबरको भन्सारबाट चुहावट भएका सामान जफत गरी राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको छ । 

मुख्य चाडबाड नजिकिएको र निर्वाचनका कारण राजनीति तरल भएको समयमा नियमनकारी निकायका अधिकारीहरू कमाउन लागेका कारण तस्करी र चुहावट बढेर राजश्व असुलीमा कमी आएको हो । 

 


Enter Kantipur TV HD
Advertisement