महोत्तरी । मटिहानीका आगलागी पीडितले आफूहरुलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् । बिहीबार मटिहानी नगरपालिका वडा नम्बर ६ मुस्लिम टोल जरलहवा गाछीमा आगलागी हुँदा बस्तीमा रहेका घरहरु जलेका थिए ।
पीडितले चिउरा चाउचाउको भरमा छाक टार्नु परेको गुनासो गरेका छन् । पीडितलााई नेपाली सेनाको रणभिम गण परीकौली ब्यारेकले खाना खुवाएको थियो ।
विपद व्यवस्थापन समितिको बैठकले पीडित परिवारलाई २० हजार रुपैयाँ दिने घोषणा गरे पनि संघ र प्रदेश सरकारले बेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् ।
घरवारविहीन भएका स्थानीयले आफूहरु राहतको पर्खाइमा भए पनि मन्त्रीहरुले भने आश्वासन मात्र बाँडेको गुनासो गरेका छन् । उनीहरूले तत्काल गाँस, बास र कपासको बन्दोबस्त गरिदिन आग्रह गरेका छन् ।