टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद

२३ करोड २७ लाख रुपैयाँ बिगो र सोहीबराबर जरिवाना
वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद

काठमाडौं । विशेष अदालतले सफ्टवेयर खरिद भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय तोकेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको पौडेललाई ९ वर्ष कैद तथा २३ करोड २७ लाख रुपैयाँ बिगो र सोहीबराबर जरिवाना तोकेको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतोमा ६ वर्षअघि खरिद गरिएको नेसनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन सकेको छैन ।

आवश्यक पूर्वाधारविनै अस्वाभाविक लागत तयार गरी २५ करोडमा खरिद र सरकारी रकमको दुरुपयोग गरेको उजुरीको आधारमा अख्तियारले गत वर्ष असोज १५ मुद्दा दायर गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.