मोरङको बुढीगंगामा यात्रुवाहक बस पल्टिँदा १८ जना घाइते

वैशाख २५, २०८१ |सुशीला पाठक
मोरङको बुढीगंगामा यात्रुवाहक बस पल्टिँदा १८ जना घाइते

विराटनगर । मोरङको बुढीगंगामा मंगलबार बस पल्टिएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बस बुढीगंगा-३ बाँसबारी चोकमा पल्टिएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा परी १८ जना घाइते भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिनुभएको हो । सिराहाबाट यात्रु लिएर विराटनगर आउँदै गरेको बसको अगाडि अचानक मोटरसाइकल आएपछि बचाउन खोज्दा दुर्घटना भएको उहाँले जानकारी दिनुभयो ।

घाइतेहरुको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको शरीरका विभिन्न भागमा चोट लागे पनि खतरामुक्त रहेको जनाइएको छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।