आर्थिक वर्षको पहिलो महिना साउनमा पुँजीगत खर्च शून्य दशमलव चार प्रतिशत मात्रै

भाद्र १, २०७९
आर्थिक वर्षको पहिलो महिना साउनमा पुँजीगत खर्च शून्य दशमलव चार प्रतिशत मात्रै

गत आर्थिक वर्षको अन्तिम १२ औं महिनामा २० प्रतिशतभन्दा बढी बजेट खर्च गरेका विकासे मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो महिनामा नगन्य अर्थात् शून्य दशमलव ४ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् । आर्थिक वर्ष सुरु भएकै दिनबाट धमाधम विकास निर्माणका काम गर्ने भनिए पनि खर्च गर्ने प्रवृति पुरानै छ । जसका कारण हालसम्म पुाजीगत बजेटको शून्य दशमलव चार-शून्य प्रतिशत र कुल बजेटको १ प्रतिशत मात्रै खर्च भएको छ ।

मन्त्रालय र अन्य निकाय गरी सरकारले ५० वटा क्षेत्रमा बजेट विनियोजन गरेको हुन्छ । जसमध्ये अधिकांश निकायको पूाजीगत खर्च शून्य छ । विकासे मन्त्रालयले पनि नगन्य रुपमा बजेट खर्च गरेका छन् । जेेठ १५ मा बजेट ल्याउादा आयोजनाका सम्पूर्ण कगजात मिलाउन करि डेढ महिनाको समय हुन्छ । तर, कर्मचारीले त्यसको उपयोग नगर्दा पुरानै अवस्था दोहोरिने गरेको छ । 

कर्मचारीमा आफूखुशी काम गर्ने मानसिकता र कर्मचारीलाई काम लगाउन सक्ने राजनीति नेतृत्व नभएका कारण समयमै बजेट खर्च हुन नसकेको हो । अझ नयाा बजेट कार्यान्वयन गर्ने बेलामा मन्त्री फेरबदल हुादा त कर्मचारीलाई हाई सन्चो हुने गरेको छ । राजनीति नेतृत्व नै असफल हुादा समयमै बजेट ल्याए पनि कार्यान्वयन हुन नसकेको विज्ञको बुझाई छ ।


Enter Kantipur TV HD
Advertisement