उद्योगहरुमा १४ घन्टासम्म विद्युत कटौती, भारतबाट आयात रोकिनु प्रमुख कारण

वैशाख १९, २०७९
उद्योगहरुमा १४ घन्टासम्म विद्युत कटौती, भारतबाट आयात रोकिनु प्रमुख कारण

नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले स्वदेशी आयोजनाबाट १ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ । तर, माग धेरै हुने समयमा कुलेखानी तथा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उच्च मात्रामा बिजुली उत्पादन गर्दा १४ सय मेगावाट बिजुली उत्पादन हुन्छ । माग भने १७  सय मेगावाट छ । जसका कारण प्राधिकरणले भारतबाट ३ सय मेगावाट आयात गर्नुपर्ने देखिन्छ । तर भारतको बजारमै कम उपलब्ध भएपछि बेलाबेलामा नेपालले बिजुली खरिद गर्न पाएको छैन । त्यही कारण पछिल्ला केही दिनयता उद्योगमा १४ घन्टासम्म बिजुली कटौती भएको छ ।

भारतबाट नियमित विजुली आयात हुन नसकेको असर नेपाली उद्योगीले खेप्नुपरेको छ । प्राधिकरणले भने कहिलेकाहिा मात्र समस्या रहेकाले अहिले नै लोडसेडिङ सूचना निकाल्न हतार नभएको जनाएको छ । २० दिनभित्रै आन्तरिक उत्पादनले नै माग धान्ने दाबी प्राधिकरणको छ ।

कोरोना महामारीबाट थलिएका उद्योग विस्तारै तङ्गि्रन खोज्दै गर्दा पुनः विजुलीको मारमा परेका छन् । यसले समग्र अर्थतन्त्रसमेत प्रभावित हुने भएकाले वैकल्पिक व्यवस्थाबाट भए पनि उद्योगमा विजुली उपलब्ध गराउन ढिलाइ गर्नु हुँदैन । 


Enter Kantipur TV HD
Advertisement