रोकिएन अर्थतन्त्रको ओरालो यात्रा

चैत्र ३०, २०७८
रोकिएन अर्थतन्त्रको ओरालो यात्रा

वर्षको सुरुवातमा मुलुकमा १४ खर्ब ३३ अर्ब विदेशी विनिमय सञ्चिति थियो । जसले १० दशमलव ८ महिनाको आयात गर्न पुग्थ्यो । जुन अहिले ११ खर्ब ७१ अर्ब रहेको छ र यसले ६ दशमलव ७ महिनाको मात्रै आयात धान्छ । त्यसैगरी सोधनान्तर स्थिति एक वर्षअघि ४२ अर्ब ५४ करोड बचतमा रहेकोमा अहिले २ खर्ब ५८ अर्बले घाटामा छ । वर्षको सुरुवातमा रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा १६ दशमलव ५ प्रतिशतले बढेर ७ खर्ब २९ अर्ब आएको थियो । जुन फागुन मसान्तसम्म १ दशमलव ७ प्रतिशतले घटेर ६ खर्ब ३१ अर्ब मात्रै छ । कोरोना महामारीपछि बिस्तारै बढेको उपभोग अहिले कहालीलाग्दो भएको छ । मुलुकमा ठूलो राजनीतिक संकट नभएको र महामारी पनि बिस्तारै हटेकाले अथतन्त्रमा सुधार आउने अपेक्षा गरिएको थियो । तर के कारणले विगि्रयो त ? 

वस्तु आयातमै मुलुकको ठूलो रकम बाहिरिएको छ । एक वर्षमा नेपालीले ४० अर्बको सुनको गहना लगाएका छन् भने ४६ अर्बको बिदेशी चामल र १५ अर्बको तरकारी खाएका छन् । त्यस्तै सवारी साधनमा २ खर्ब ४१ अर्बको डिजल तथा पेट्रोल हालेका छन् । यति मात्रै हैन, विदेश घुम्न र पढ्न जानेहरुका कारण मुलुकबाट ठूलो रकम बाहिरिएको छ ।

वस्तु आयात अकासिएपछि राष्ट्र बैंकले ४७ वटा बस्तुमा नगद मार्जिनको व्यवस्था गरेको छ । विलासिताका वस्तु आयातका लागि एलसी नखोल्न बैंकहरुलाई मौखिक निर्देशनसमेत दिएको छ । अर्थतन्त्रमा सुधार गर्न यो मात्र विकल्प हो त ?

मुलुकको अर्थतन्त्र वर्षको सुरुमा निकै राम्रो अवस्थामा थियो । तर अन्तिमसम्म आइपुग्दा बिगि्रएको छ । अझै सचेत नहुने र सुधारको पहल नगर्ने हो भने अर्थतन्त्र संकटमा पर्ने निश्चित जस्तै देखिन्छ । 


Enter Kantipur TV HD
Advertisement