कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन् । उनले विश्वासको मत लिनुअगावै भोलि (बुधबार) सानो आकारको मन्त्रीमण्डल गठन गर्ने भएका छन् ।

गठबन्धन दल एमाले र माओवादीबीच मन्त्रालयको बाँडफाँडमा सहमति जुटेपछि मन्त्रीपरिषद् विस्तार गरेको भोलिपल्टै विश्वासको मत लिने सहमति भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement