सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित, मुख्यमन्त्री सोडारीलाई विश्वासको मत पाउनै सकस

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित, मुख्यमन्त्री सोडारीलाई विश्वासको मत पाउनै सकस

काठमाडौं । मुख्यमन्त्री दीर्घराज सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमाले तयार नभएपछि बैठक स्थगन भएको हो । यसले विश्वासको मत नपाउँदै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री सोडारी र सत्ता साझेदार दल एमालेबीचको खटपट सतहमा देखिएको छ । यस विषयमा छलफल गर्न एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेताहरूसँग परामर्श गर्न काठमाडौं आउनुभएको छ । रावलले अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव शंकर पोखरेलसँग छलफल गरेरमात्र विश्वासको मत दिने नदिने टुङगो लाग्ने बताउनुभयो । सत्ता गठबन्धनको सबभन्दा ठूलो दल एमालेकै कारण मुख्यमन्त्री सोडारीलाई मन्त्रालय भागवण्डा टुंग्याउन पनि सकस छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.