गण्डकीका मुख्यमन्त्रीले पर्सि विश्वासको मत लिने

वैशाख २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
गण्डकीका मुख्यमन्त्रीले पर्सि विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशसभा बैठक आइतबारका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने कार्यसूची छ ।

मुख्यमन्त्रीले प्रदेशसभामा २३ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना दिनुभएको सभामुख कृष्ण धितालले जानकारी दिनुभएको छ ।

अधिकारीले यसअघि नै विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइएको थियो । तर उहाँविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले प्रतिपक्षी दलहरू संसद्‌मा उपस्थित भएका थिएनन् । जसका कारण कार्यसूची अघि बढेको थिएन ।

सर्वोच्चले अधिकारीको नियुक्तिलाई वैधानिकता दिएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको छ । संविधानअनुसार वैशाख २४ भित्र अधिकारीले विश्वासको मत लिइसक्नुपर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.