सुदूरपश्चिम प्रदेश सभा स्थगित, मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

वैशाख २१, २०८१ |टेकराज जोशी
सुदूरपश्चिम प्रदेश सभा स्थगित, मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

धनगढी । आन्तरिक छलफल र गृहकार्य नपुगेको भन्दै सत्तारुढ दल नेकपा एमालेले मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन नमानेपछि अन्तिम समयमा आज (शुक्रबार) बस्ने तय भएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।

आज बेलुकी ५ बजे मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरेका थिए । तर एमालेले अन्तिमसम्म पनि मत नदिने अडान राखेपछि बैठक स्थगित गरिएको हो ।

विश्वासको मत लिन भोलि बेलुकी साढे ५ बजे पुनः बैठक आह्वान गरिएको छ । विश्वासको मत नलिँदै सुदूरपश्चिम प्रदेश सरकारमा सत्तारुढ दलहरूबीच खटपट देखिन थालेको छ ।

यसैबीच, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका प्रमुख सचेतक खुशीराम डंगौरा थारुले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन निर्देशन जारी गर्नुभएको छ । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्षका नेता थारूले विश्वासको मत नदिन निर्देशन जारी गर्नुभएको हो ।

यो पनि...

नागरिक उन्मुक्तिको रेशम पक्षले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

सुदूरपश्चिचमका मुख्यमन्त्री सोडारी संकटमा, एमालेले भन्यो- हाम्रो तयारी पुगेन


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।