काठमाडौं । वेस्ट इन्डिज 'एसँगको अन्तिम टी-ट्वेन्टी खेलमा अभिनाश बोहोराले वेस्ट इन्डिज 'ए'का कप्तान रोस्टन चेजको विकेट लिएका छन् । योसँगै वेस्ट इन्डिज 'ए'ले चौथो विकेट गुमाएको छ । यस अघि सागर ढकालले चौथो ओभरमा कदीम एलिनलाई क्याच आउट गराएका थिए भने आठौं ओभरको पहिलो बलमा जोन्सन चाल्सलाई र तेस्रो बलमा मार्क डियाललाई आउट बनाएका थिए ।
१४ ओभरको समाप्तिमा वेस्ट इन्डिज 'ए' ४ विकेट गुमाएर १०६ रन बनाएर खेलिरहेको छ । पहिलो खेल चार विकेटले जितेको नेपालले त्यसपछिका तीन खेलमा हार बेहोरेपछि पाहुना टोली वेस्ट इन्डिजले पाँच खेलको सिरिज जितिसकेको छ ।