सोमपालले लिए वेस्ट इन्डिज 'ए'को पाँचौं विकेट

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
 सोमपालले लिए वेस्ट इन्डिज 'ए'को पाँचौं विकेट

काठमाडौं । वेस्ट इन्डिज 'ए'सँगको अन्तिम टी-ट्वेन्टी खेलमा सोमपाल कामीले वेस्ट इन्डिज 'ए'को पाँचौं विकेट लिएका छन् । उनले १७ औं ओभरको तेस्रो बलमा म्याथ्यु फर्डलाई आउट गराएका हुन् । यसअघि सागर ढकालले तीन र अभिनाश बोहोराले एक विकेट लिएका थिए । अभिनाशले वेस्ट इन्डिज 'ए'का कप्तान रोस्टन चेजको विकेट लिएका थिए ।

त्यसअघि सागर ढकालले चौथो ओभरमा कदीम एलिनलाई क्याच आउट गराएका थिए भने आठौं ओभरको पहिलो बलमा जोन्सन चाल्सलाई र तेस्रो बलमा मार्क डियाललाई आउट बनाएका थिए । १७ ओभरको समाप्तिमा वेस्ट इन्डिज 'ए' ५ विकेट गुमाएर १३९ रन बनाएर खेलिरहेको छ ।

पहिलो खेल चार विकेटले जितेको नेपालले त्यसपछिका तीन खेलमा हार बेहोरेपछि पाहुना टोली वेस्ट इन्डिजले पाँच खेलको सिरिज जितिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.