कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै

विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारी
वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

कर्णाली प्रदेशसभाको बैठक अहिले बसिरहेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक सांसद छन् । बहुमतका लागि एमाले र माओवादी केन्द्रको मात्रै संख्या पनि पर्याप्त छ । 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका कँडेल गत चैत २७ गते नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कँडेलले हिजो माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको थियो   । सत्ता साझेदार दल माओवादी केन्द्रसँग सहमति नजुट्दा कर्णाली प्रदेश सरकारले अझै पूर्णता पाएको छैन ।

 आज विश्वासको मत लिएपछि मात्रै मुख्यमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement