माधव नेपालप्रति ओलीको कटाक्ष- प्रधानमन्त्री खान नपाएर हर्‍याकहर्‍याक गरिरहेका छन्

प्रधानमन्त्रीको दौडमा छैन : केपी ओली
वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
माधव नेपालप्रति ओलीको कटाक्ष- प्रधानमन्त्री खान नपाएर हर्‍याकहर्‍याक गरिरहेका छन्

रसुवा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू अहिले प्रधानमन्त्री दौडमा नरहेको बताउनुभएको छ ।

नेकपा एमाले रसुवाको नवौं जिल्ला अधिवेशनमा आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘एकजना मान्छे प्रधानमन्त्री खान नपाएर हर्‍याकहर्‍याक गरिरहेका छन् । गठबन्धन भन्या छ कोही यता तान्या छ, कोही उता तानेको छ, मन्त्री हुनेभन्दा अरु केही कुरै छैन । अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्‍यो ।’

एमालेलाई सिध्याउँछु भनेर देशी-विदेशी शक्ति लाग्दा पनि निर्वाचनमा नेकपा एमाले देशको पहिलो लोकप्रिय पार्टी बनेको उहाँको दाबी छ । उहाँले समृद्ध नेपाल सुखी नेपालीका लागि विकासका पूर्वाधारहरु निर्माण भइरहेको बताउँदै आफू प्रधानमन्त्री भएको समयमा सुरु गरेको रेल अहिले जनकपुरसम्म चलिसकेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘केरुङ-काठमाडौं रेलमार्गका लागि पहिलो चरणको सर्भे भइसकेको छ ।’

रसुवाको धार्मिक तीर्थस्थल गोसाईंकुण्डसम्म जान धुन्चे-गोसाईंकुण्ड केबलकार निर्माणको काम अघि बढाइने पनि उहाँको आश्वासन थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.