काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारीको पैसा ठगेका तर पैसा तिर्छु भन्नेहरुलाई तिर्ने अवसर दिनुपर्ने बताउनु भएको छ ।
सहकारी बचतकर्ता संरक्षण अभियानका पदाधिकारीलाई शुक्रबार मन्त्रालयमा भेटेर गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरुको सम्पत्ति रोक्का गरेर भए पनि पीडितको रकम फिर्ता गरिने बताउनुभयो । लामिछानेले पीडितलाई झन् धेरै समस्या थपिएको बताउँदै कानुनी प्रक्रिया चल्दै गर्दा नै सञ्चालकको सम्पत्ति रोक्का गर्न भने ढिलो गर्नु नहुने बताउनुभयो ।
तत्काल कानुन बनाएर रोक्का सम्पत्ति बेचबिखन गरी पीडितलाई फिर्ता गर्न शुरु गरिने उहाँको भनाइ छ ।