बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, थप उपचारका लागि काठमाडौं ल्याइँदै

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, थप उपचारका लागि काठमाडौं ल्याइँदै

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका हुनुभएको छ । उहाँलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै छ । रामेछापको मन्थली-३ मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उहाँलाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।

रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टेमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम भएको थियो । उहाँलाई केही समय सिन्धुलीको आत्मीय सामुदायिक अस्पतालमा उपचारत गराइएको थियो ।

मुख्यमन्त्री जम्मकट्टेलले आज बिहानैदेखि असहज महसुस भएको बताउनुभएको थियो । तर पूर्वनिर्धारित कार्यक्रममा जान भनेर गाडीबाट उहाँ रामेछाप हिँड्नु भएको थियो । सिन्धुली पुगेका बेला गाडीभित्रै बान्ता भएको र अडिन नसक्ने भएपछि उहाँलाई अस्पताल लगिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.