काठमाडौं । नेपाल प्रहरीले डेढ किलोभन्दा धेरै सुन र एक करोड ४३ लाख नगदसहित काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ ।
न्युरोडको एक हुन्डी गोदाममा बिहीबार छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी दार्चुलाका गणेशदत्त बडू, भारतको महाराष्ट्रका अमल विभूति, प्रकाश विभूति र गणेशशतिश बाल्टेसहित सात जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।
केही व्यक्तिले सुनको अवैध कारोबार गरिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।