पेरिस ओलम्पिक २०२४ : टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस ओलम्पिक २०२४ : टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा

काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ ।

छनोट प्रतियोगिता वैशाख ३१ देखि जेठ ८ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ ।

प्रतियोगितामा दक्षिण एसियाली राष्ट्र नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीको सहभागिता रहनेछ । भारत भने विश्व वरीयताको शीर्ष ८ मा परेसँगै सिधै ओलम्पिक छनोट भइसकेको छ । हरेक राष्ट्रबाट महिला र पुरुषतर्फ २-२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताबाट महिला र पुरुषतर्फका १-१ विजेता सिधै ओलम्पिकमा छनोट हुनेछन् । नेपालबाट पुरूषतर्फ संयोग कपाली र स्यान्टु श्रेष्ठ तथा महिलातर्फ नविता श्रेष्ठ र इभाना थापाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले पहिलोपटक टेबल टेनिसको ओलम्पिकको छनोट प्रतियोगिता आयोजना गर्न लागेको हो । यस वर्षको समर ओलम्पिक जुलाई २६ देखि अगस्त ११ सम्म फ्रान्सको राजधानी पेरिसमा आयोजना हुँदै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.