बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजमा लागु

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजमा लागु

काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाका रूपमा लागु भएको छ । बागमती प्रदेश सरकारको निर्णयअनुसार यी दुवै भाषा सरकारी कामकाजको भाषाका रूपमा लागु भएको हो ।

आज काठमाडौंको बसन्तपुरमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै भाषा प्रदेशमा सरकारी कामकाजमा प्रयोग हुने घोषणा गर्नुभयो । सो अवसरमा उहाँले यो निर्णय युगान्तकारी कमद भएको बताउनुभयो ।

दुई मातृ भाषालाई सरकारी कामकाजको भाषा लागु गरिएको अवसरमा आज बागमती प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.