महोत्तरीको मटिहानीमा भीषण आगलागी, १५ करोड भन्दा बढीको क्षति (स्थलगत रिपोर्ट)

एक सयभन्दा बढी घरमा क्षति, सम्पत्ति सखाप भएपछि पीडित रुँदै
करिव पाँच घण्टाको प्रयासपछि आगो नियन्त्रणमा
वैशाख १२, २०८१ |विकास आर्या
महोत्तरीको मटिहानीमा भीषण आगलागी, १५ करोड भन्दा बढीको क्षति (स्थलगत रिपोर्ट)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका ६ का मुस्लिम टोलमा भीषण आगलागी हुँदा १५ करोड भन्दा बढीको क्षति भएको छ । 

आज दिउँसो भएको आगलागीले महोत्तरीको मटिहानी नगरपालिको एउटा सिंगो बस्ती नै जलेर नष्ट भएको छ । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले दिएको जानकारीअनुसार मटिहानी-६ स्थित  गाउँमा भीषण आगलागी हुँदा एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन् भने आगलागीबाट धनमाल नष्ट भएका व्यक्ति अति गरिब/विपन्न परिवार भएकाले ठूलै विपद् आइपरेको बताएका छन् ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।