‘सिधाकुरा’लाई अडियो उपलब्ध गराउने तिमल्सिना थुनामा

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘सिधाकुरा’लाई अडियो उपलब्ध गराउने तिमल्सिना थुनामा

काठमाडौं । सिधाकुरा नामको अनलाइन तथा युट्युबलाई ‘सर्वोच्च अदालतका न्यायाधीश र मिडिया सञ्चालकको मिलेमतोमा भ्रष्टाचार भएको’ फेक अडियो उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमल्सिनालाई प्रहरी नियन्त्रणमा राख्न सर्वोच्चले आदेश दिएको छ ।

मिडिया सञ्चालक र न्यायाधीशले अख्तियारको 'स्टिङ अपरेसन' सम्बन्धी मुद्दामा भ्रष्टाचार गरेको अडियो फेक भएको भन्दै सिधाकुराका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा चलिरहेको छ । 

सोही क्रममा सञ्चालक कँडेलले उक्त अडियो तिमल्सिनाले उपलब्ध गराएको बायन दिएपछि सर्वोच्चले तिमल्सिनालाई बयानका लागि झिकाउन आदेश दिएको थियो । आइतबार अदालत उपस्थित भएका तिमल्सिनाको बयान नसकिएको भन्दै सर्वोच्चले प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो । तिमल्सिनाको सोमबार पनि बयान निरन्तर हुने भएको छ । 

त्यस्तै, सिधाकुराका सञ्चालक कँडेल र कार्यकारी सम्पादक ढुंगानालाई पनि सोमबार १० बजे उपस्थित हुन आदेश दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.