महोत्तरीको मटिहानीमा आगलागी, सयभन्दा बढी घर-टहरा जले

वैशाख १२, २०८१ |विकास आर्या
महोत्तरीको मटिहानीमा आगलागी, सयभन्दा बढी घर-टहरा जले

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घर-टहरामा आगो सल्किएको छ ।

अहिले आगो निभाउने प्रयास गरिरहेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताउनु भएको छ । उहाँले गाउँका १०० भन्दा बढी घर र टहरा जलिसकेका र झन्डै ५० घरमा आगलागी भइरहेको जानकारी दिनुभयो ।

अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेका छन् ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।