सडकमा प्रदर्शन गर्दै पीडितले भने- सहकारी ठगलाई सरकारले नै संरक्षण गर्‍यो

वैशाख ४, २०८१ |भुवन पाण्डे
सडकमा प्रदर्शन गर्दै पीडितले भने- सहकारी ठगलाई सरकारले नै संरक्षण गर्‍यो

रुपन्देही । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रहरी अनुसन्धानबाट सार्वजनिक भएको प्रतिवेदनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिए पनि न त प्रतिवादी बनाइयो न त सामान्य सोधपुछ नै भएको छ । मुख्य आरोपीसहितका २० जना कानुनी दायराभन्दा बाहिरै छन् । सरकार पीडकको पक्षमा उभिएको भन्दै सहकारी पीडितहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

भैरहवाकी मैमुन निशाजस्ता धेरै बचतकर्ताको रकम हिनामिना भएपछि बिचल्ली छ । यसैले भैरहवा र बुटवलमा रहेका सुप्रिम सहकारीका पीडितहरु आन्दोलनमा उत्रिएका हुन् । दु:ख गरेर जम्मा गरेको रकम खााचो परेको बेला खर्च गर्न नपाउँदा उनीहरु आक्रोशित छन् । बढी ब्याजको प्रलोभनमा पारेर जम्मा गरेको रकम गैरसदस्यहरुलाई वितरण गर्दै सहकारीले बचतकर्ताको रकम हिनामिना पारेको छ । उजुरी परेपछि अहिले मुद्दा अदालतमा पुगेको त छ । तर, अनुसन्धानले रकम हिनामिना गरेको औाल्याएका केही व्यक्तिलाई प्रतिवादी नबनाएरै मुद्दा दर्ता भएको छ । मुछिएका सबैलाई कानुनी कठघरामा ल्याउनुपर्ने पीडितको माग छ ।

सुप्रिम सहकारीजस्तै कल्पवृक्ष, शिवशिखर, आगन्तुक, सार्थक, स्टारलगायतका एक दर्जन सहकारीमा रकम अपचलनको समस्या छ । ती सहकारीका पीडित पनि आन्दोलनमा छन् । रकम अपचलन गरेको उजुरी दिएका एक हजार आठ सय २८ जनाको लगत बुकसहितका प्रमाणबाट एक अर्ब दुई करोड रकम जम्मा भएको देखिन्छ ।

 त्यसैका आधारमा दण्ड सजाय सहित बिगो दाबी गरिएको छ । तर, सहकारीका आठ हजार बढी सेयर सदस्य छन् । ती सदस्यको लगत प्रमाणबाट अझ ठुलो रकम हिनामिनाको आाकडा निस्किन सक्छ । मुद्दा दायर भैसकेपछि पनि छुटेका पीडितले पीडकलाई किटानी जाहेरी दिने बाटो भने खुला रहनेछ ।

सहकारीहरूले ऐनबमोजिम आफना सदस्यलाई मात्रै ऋण दिन पाउँछन् । नियामकको जिम्मा पाएका निकायले गैरसदस्यलाई विनाधितो ऋण दिएको हरेक वर्षको लेखापरीक्षण रिपोर्टबाटै थाहा पाइ हाल्छन् । तर, वर्षौदेखि ती निकाय मौन थिए । ढिलै भए पनि मुद्दा अदालतसम्म पुगेको छ । बचतकर्ताहरु पीडितको पक्षमा न्याय हुने आशामा छन् ।

यो पनि...

सहकारी ठगी प्रकरण : प्रमाण पर्याप्त, रविलाई प्रतिवादी नबनाउँदा सरकारी संयन्त्रमाथि नै प्रश्न

सुप्रिम सहकारीबाट रवि लामिछानेको खातामा १ करोड ८० लाख, प्रतिवादी भने बनाइएन (अभियोजनसहित)

रवि लामिछानेले फेसबुकबाट दोहोर्‍याए : सहकारीको रकम हिनामिनामा मेरो संलग्नता छैन


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement