सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु

काठमाडौं । सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन सेतो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ ।

साँझ ५ बजे जमलस्थित तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने छ । जात्राको पहिलो दिन आज सेतो मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखी जमलबाट विभिन्न टोल हुँदै असन पुर्‍याएपछि बलि दिएर पूजा गर्ने परम्परा छ ।

नवमीका दिन असनबाट रथ तानेर हनुमानढोकाको कालभैरव पुर्‍याइन्छ । चैत शुक्ल दशमीका दिन हनुमानढोकाबाट विभिन्न टोल हुँदै रथ तानेर लगनटोल पुर्‍याएपछि रथयात्रा सम्पन्न हुन्छ । त्यसपछि मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओराली खटमा बोकी विभिन्न टोलको परिक्रमा गराई जनबहालमा रहेको मन्दिरमा पुर्‍याएपछि जात्रा सकिने प्रचलन छ ।

सेतो मच्छिन्द्रनाथलाई विशेषगरी करुणा र सद्भावनाका देवताका रुपमा पूजा गर्ने चलन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement