आजदेखि एसईई सुरु, पाँच लाखभन्दा बढी परीक्षार्थी

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
आजदेखि एसईई सुरु, पाँच लाखभन्दा बढी परीक्षार्थी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।

एसईई बिहान ८ बजेबाट सुरु भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हो । यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार सञ्चालन हुने एसईईमा देशभरबाट १० हजार ८ सय ६ विद्यालयबाट ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

त्यसमध्ये छात्र २ लाख ५३ हजार ७ सय २७ छन् भने छात्रा २ लाख ५० हजार ७ सय ७२ र अन्य १५ जना सहभागी छन् ।

यसपालि जापानको एउटा विद्यालयबाट २३ नेपाली विद्यार्थी पनि सहभागी भएका छन् । विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षालाई स्वच्छ, व्यवस्थित र भयरहित वातावरणमा सञ्चालन गर्न र निर्धक्क रुपमा  दिन परीक्षा नियन्त्रण बोर्डले आग्रह गरेको छ ।

देशभरका २ हजार ६४ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन हुँदैछ । केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी गरी ७७ हजार जनशक्ति परिचालन गरिँदै छ । एसईईमा २० वटा विषयमा परीक्षा सञ्चालन हुनेछ । यस वर्ष एसईई पास हुन ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा हरेकमा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनुपर्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement