निर्वाचित जनप्रतिनिधिको कार्यकाल चुनौतिपुर्ण

जेष्ठ ८, २०७९
निर्वाचित जनप्रतिनिधिको कार्यकाल चुनौतिपुर्ण

निर्वाचनका क्रममा आकर्षक घोषणापत्र लिएर जनताको घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले विश्वास गरेर जनप्रतिनिधिका रुपमा चुनेका छन् । अधिकांस स्थानीय तहमा चुनिएका नयाा जनप्रतिनिधिले आफ्नो कार्यकाललाई नयाा अभ्यासको सुरुवात भनेका छन् ।

स्थानीय तह निर्वाचनका दिन अर्थात् गत वैशाख ३० गते मतदातामा छुट्टै रौनक थियो । मतगणना सकिएपछि आफूले चुनेका जनप्रतिनिधिको विजय जुलुसमा आममतदाताले छमछमी नाचेर जनप्रतिनिधीलाई स्थानीय सरकारको सत्ता हस्तान्तरण गरेका थिए । आम मतादाताको उल्लासले जनताको परिवर्तको चाहना व्यक्त गरेको प्रस्ट गरेको छ । तर अझै पनि  विगतका जनप्रतिनिधी जस्तै नवनिर्वाचितले पनि आफ्ना बाचा बिर्सने हुन् कि भन्ने चिन्ता मतदातामा छ । तर नवनिर्वाचित जनप्रतिनिधीले भने आफ्नो कार्यकालमा घरदैलोमा पुगेका घोषणा पत्र कार्यान्वय गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । 

दोलखा र सिन्धुलीका नौ-नौ र रामेछापका ८ वटा स्थानीय सरकारका प्रमुख/उपप्रमुखमा नयाा जनप्रतिनिधि निर्वाचित भएका छन् । २०७४ निर्वाचित भएका धेरैलाई यस पटकको निर्वाचनमा मतदाताले रुचाएनन् । यसलाई अहिले निर्वाचित जनप्रतिनिधिले पाठका रुपमा लिनुपर्ने देखिएको छ । मतदाताले यस पटक धेरै नयाँ अनुहार चुनेका छन् । उनीहरुप्रति मतदाताका अपार विश्वास देखिन्छ । यो विश्वासलाई कायम राख्न जनप्रतिनिधिहरुले सचेतपूर्वक काम गर्नुपर्छ ।

 


Enter Kantipur TV HD
Advertisement