‘कम्युनिस्ट आफैंमा संकट, एक ठाउँमा आए झनै ठुलो संकट’ [सरोकार]

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘कम्युनिस्ट आफैंमा संकट, एक ठाउँमा आए झनै ठुलो संकट’ [सरोकार]

दल र नेताहरु गठबन्धन बनाउने र भत्काउने सत्ताको भकुन्डो खेल्न मस्त छन् । अनि निराश जनताले उनीहरुका व्यवहारमा प्रश्न उठाउँदै भन्छन्- यो संघीय लोकतन्त्रविरुद्धको आवाज हो । आज जनतामा एउटा भाष्य निर्माण भइरहेको छ- नेताहरुले हाम्रा लागि केही गरेनन् । नेताहरुले पालैपालो सत्ता पाए । जनताले के पाए ? नागरिकले यो प्रश्न गरिरहेका छन् ।

विगतका गल्ती नदोहर्‍याउने र मुलुकलाई समृद्ध बनाउने वाचा गरेका दलहरु फेरि सत्ताकै लुछाचुँडीमा सीमित हुँदा नागरिकमा निराशा र आक्रोश बढेको हो । सदनदेखि सडकसम्म नेताहरुको नोकझोकका दृष्यले जनता वाक्क दिक्क भइसके ।

दलका सीमित नेताबाहेक गरिब, किसान, रोजगारीको खोजीमा घर-जग्गा बन्धक राखेर विदेश पलायन भइरहेका लाखौं तन्नेरीहरूलाई वर्तमान राजनीतिमा कुनै रुचि छैन वा वितृष्णा छ । राजनीतिप्रति आममानिसको मनमस्तिष्क नकारात्मक विचारको गहिराइमा फसेको छ ।

वर्ष २०८१ : राजनीतिक उथलपुथलको वर्ष हो ?

वर्ष २०८१ मा देश र राजनीति कसरी अघि बढ्ला ? के यो राजनीतिक उथलपुथलको वर्ष हो ? नेताहरुले बाटो बिराए वा जनतालाई बुझाउन नसकेका हुन् ? के दलहरुले सत्ताको च्याँखे दाउमा आफ्ना जिम्मेवारी भुलेका हुन् ? दोष व्यवस्थाको कि व्यवस्था हाँक्नेहरुको ? नयाँ दलले पनि किन समाते पुराना दलको फेरो ? दलहरुलाई २०८०/८१ मै किन ०८४ को चिन्ता ? आजको सरोकारमा विकास थपलियाले राजनीतिक विश्लेषकहरु पीताम्बर भण्डारी, केशव दाहाल र वरिष्ठ अधिवक्तासमेत रहेकी सविता भण्डारीसँग बहस गरेका छन् ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement